२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

भारतीय प्रेस-कार्ड बोकेर लागुऔषध कारोबार गर्ने ३ जना बाँकेबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८


ABC (क्राईमबिट)
बाँकेमा पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार गर्दे आएका दुई जना भारतीय नागरिक सहित तीनजना व्यक्ति पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिल्ली क्राइम नेशनल न्युज पेपर, भ्रष्टाचार विरोधी मोर्चाको परिचयपत्र बोकी जमुनाह नाकामा सहज रुपमा आवत जावत गर्दै आएका सलमान खान सहित उनीहरु ४३ ग्राम ब्राउनसुगरसहित नेपालगन्जवाट पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज १२ कोरीयनपुरमा कोठा भाडा लिएर बसेका मुस्तकिम सिद्धिकीको कोठामा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला बहराइच बस्ने बर्ष २८ को मो.सलमान खान, भारतको लखनउका २८ वर्षका मुस्तकिम सिद्धिकी र नेपालगञ्ज १६ का २२ वर्षीय आजाद कवडिया रहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका मुस्तकिम नेपालगञ्जको एकलैनी स्थित सुनपसलमा काम गर्ने भएकोले कोठा भाडामा लिएर बस्ने गरेको बताईएको छ । मुस्तकिम र सलमानले पत्रकारको भेषमा भारतवाट लागु औषध नेपालमा ल्याउने र नेपालमा आजाद कवडीयाले बिक्रि गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनीहरुले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरी नेपालमा तीन देखि
खरिद गरी नेपालमा तीन देखि चार हजारसम्ममा बिक्री गर्ने गरेको पाईएको छ ।
प्रहरीले उनीहरुको कोठाबाट नोटबुक लेखेको ब्राउनसुगर तौलिने डिजिटल तराजु र मोवाईल सेट समेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!