२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछी नवलपरासी प्रशासनमा अत्यावश्यक बाहेकका काम बन्द

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८


ABC (क्राईमबिट)
नवलपरासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ६ दिनका लागि आफ्नो सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृतसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट माघ ९ गते सम्म कार्यालयबाट प्रदान हुने नागरिकता, राहदानी, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र लगायतका सेवा बन्द गरीएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सेवा स्थगित भएको जनाएको हो । भारतसँग खुला सिमाना जोडिएको पश्चिम नवलपरासीमा कोरोना संक्रमण बढ्दो छ ।नाकामा जाँच नगरी ओहोरदोहोर गर्दा संक्रमणको जोखिम उच्च छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!