११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

तत्काल लाइसेन्सको फारम भर्दा ३ वर्षपछि परीक्षाको पालो

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८


(ABC-Sanchar)
काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि अहिले आवेदन भर्नेहरुले सन् २०२४ को अक्टोबरसम्मको ‘भिजिटङ’ (एपोइन्टमेन्ट) मिति पाउन थालेका छन् । आवेदन बन्द भएको करिब एक वर्षपछि गत ८ कात्तिकमा लाइसेन्सका लागि आवेदन खुलेको थियो । अहिले कतिपय कार्यालयबाट सेवा लिने गरी फारम भर्दा प्रणालीले करिब ३ वर्षपछिको मिति पाइन थालेको हो ।

यसका कारण सवारी चालक अनुमतिपत्र तत्कालै बनाउनुपर्ने अवस्थामा लाखौं सवारी चालकहरू बढी पीडित छन् । एउटा लाइसेन्सको परीक्षा दिन नै तीन वर्षसम्म कुनुपर्ने अवस्थालाई यातायात व्यवस्था विभागले सामान्य भन्दै आएको छ ।

कतिपय कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप देखिएको छ । काठमाडौं, इटहरी, बुटवल, वीरगञ्ज लगायतका लाइसेन्स कार्यालयहरुमा सेवाग्राहीको उच्च चाप छ ।

विभागका एक अधिकारीका अनुसार यसका कारण फारम भरेका सेवाग्राही फेरि दलालकै सम्पर्कमा पुग्न थालेका छन् । ‘तीन वर्षपछि कार्यालयमा ‘भिजिटिङ मिति’ दिएपछि सेव्राग्राहीले कसरी कुर्न सक्छन् ?,’ विभागका एक अधिकारीले भन्छन्, ‘अब हाम्रो प्रणालीमार्फत लाइसेन्स पाइन्छ भन्ने विश्वास नै उडिसक्यो ।’
मिति पछाडि हुँदा तोकिएको दिनमा सेवाग्राही निकै न्यून संख्यामा उपस्थिति हुने गरेको र यसकै कारण विभिन्न कार्यालयमा चलखेल बढेको ती अधिकारीको भनाइ छ ।मिति अघि समार्न कार्यालयहरुले आफूखुसी गरिरहेका छन्,’ ती अधिकारी भन्छन्, ‘विभागको सिफारिसमा मात्रै मिति अघि सार्न सकिने भएपनि अहिले अनेकन चलखेल भएका खबर आएका छन् ।’

अहिले करिब ५ लाखभन्दा बढी व्यक्ति लाइसेन्स भरेर परीक्षाको प्रतिक्षामा बसेका छन् । कात्तिकमा आवेदन खुलाउँदा नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी थियो । तर, अहिलेसम्म विभागले पुरानै पद्धतिबाट परीक्षा लिइरहेको छ ।

लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुने गरी निर्देशिका लागू भएपनि पुरानै प्रणालीबाट परीक्षा लिइँदैछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउँदा हुन्थ्यो । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ । नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुने भनिएको थियो । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित नपर्ने भनिएको थियो ।
तर, लाइसेन्सको परीक्षाको मिति नै तीन वर्षपछि पाउन थालेपछि परीक्षार्थीहरू निराश छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!