२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

तत्काल लाइसेन्सको फारम भर्दा ३ वर्षपछि परीक्षाको पालो

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८


(ABC-Sanchar)
काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि अहिले आवेदन भर्नेहरुले सन् २०२४ को अक्टोबरसम्मको ‘भिजिटङ’ (एपोइन्टमेन्ट) मिति पाउन थालेका छन् । आवेदन बन्द भएको करिब एक वर्षपछि गत ८ कात्तिकमा लाइसेन्सका लागि आवेदन खुलेको थियो । अहिले कतिपय कार्यालयबाट सेवा लिने गरी फारम भर्दा प्रणालीले करिब ३ वर्षपछिको मिति पाइन थालेको हो ।

यसका कारण सवारी चालक अनुमतिपत्र तत्कालै बनाउनुपर्ने अवस्थामा लाखौं सवारी चालकहरू बढी पीडित छन् । एउटा लाइसेन्सको परीक्षा दिन नै तीन वर्षसम्म कुनुपर्ने अवस्थालाई यातायात व्यवस्था विभागले सामान्य भन्दै आएको छ ।

कतिपय कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप देखिएको छ । काठमाडौं, इटहरी, बुटवल, वीरगञ्ज लगायतका लाइसेन्स कार्यालयहरुमा सेवाग्राहीको उच्च चाप छ ।

विभागका एक अधिकारीका अनुसार यसका कारण फारम भरेका सेवाग्राही फेरि दलालकै सम्पर्कमा पुग्न थालेका छन् । ‘तीन वर्षपछि कार्यालयमा ‘भिजिटिङ मिति’ दिएपछि सेव्राग्राहीले कसरी कुर्न सक्छन् ?,’ विभागका एक अधिकारीले भन्छन्, ‘अब हाम्रो प्रणालीमार्फत लाइसेन्स पाइन्छ भन्ने विश्वास नै उडिसक्यो ।’
मिति पछाडि हुँदा तोकिएको दिनमा सेवाग्राही निकै न्यून संख्यामा उपस्थिति हुने गरेको र यसकै कारण विभिन्न कार्यालयमा चलखेल बढेको ती अधिकारीको भनाइ छ ।मिति अघि समार्न कार्यालयहरुले आफूखुसी गरिरहेका छन्,’ ती अधिकारी भन्छन्, ‘विभागको सिफारिसमा मात्रै मिति अघि सार्न सकिने भएपनि अहिले अनेकन चलखेल भएका खबर आएका छन् ।’

अहिले करिब ५ लाखभन्दा बढी व्यक्ति लाइसेन्स भरेर परीक्षाको प्रतिक्षामा बसेका छन् । कात्तिकमा आवेदन खुलाउँदा नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी थियो । तर, अहिलेसम्म विभागले पुरानै पद्धतिबाट परीक्षा लिइरहेको छ ।

लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुने गरी निर्देशिका लागू भएपनि पुरानै प्रणालीबाट परीक्षा लिइँदैछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउँदा हुन्थ्यो । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ । नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुने भनिएको थियो । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित नपर्ने भनिएको थियो ।
तर, लाइसेन्सको परीक्षाको मिति नै तीन वर्षपछि पाउन थालेपछि परीक्षार्थीहरू निराश छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!