२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

सुनसरी महोत्सवमा भारतीय ४ ओटा स्कार्पिओ आगजनी र तोडफोड

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

ABC (क्राईमबिट)
सुनसरी।बर्जू गाउँपालिका ६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।

उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ ।

घटनास्थललाई नियन्त्रणमा लिनका लागि मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको उनले बताए ।

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो ।

कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!