२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

प्रहरीले अनलाइन जुवा खेलाउने १२ जनालाई किर्तिपुरबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । कीर्तिपुर नगरपालिका-६ चोभार, सोही नगरपालिका-९ नगाउँ र सोही नगरपालिका-१० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कबिता थापा, ३० वर्षीय रबिन खड्का, सोही नगरपालिका-१० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन, सोही नगरपालिका-८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, सोही ठाउँ बस्ने १९ वर्षीय साहिल महर्जन, सोही नगरपालिका-१० बस्ने १९ वर्षीया हनिशा महर्जन, सोही नगरपालिका-९ नगाउँ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, काठमाडौं कीर्तिपुर बस्ने बझाङ केदारसिउ गाउँपालिका-५ घर भएका १९ वर्षीय बिनोद ठगुन्ना र काठमाडौं कीर्तिपुर बस्ने सिन्धुपालचोक मेलम्ची नगरपालिका-१३ घर भएकी १७ वर्षीया किशोरी रहेका छन् ।
काठमाडौं कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाईन जुवा खेलाउदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न घर तलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाईल, कम्पुटर मोनिटर २ थान, राउटर ३ थान, गेमिङ बिबरण लेखिएका रजिस्टरहरु र २ थान वोर्ड लगायतका उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउनका लागि २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरु समेत राखी त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आइडीमार्फत अमेरिकी तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर कायिरिङ, रिभर सुइप्स, रिभर मन्सटर, भेगास एक्स लगायतका अनलाईन जुवा खेल्न लिङ्क शेयर गरी उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रुपमा दिने तथा करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएकोउक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!