२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

प्रहरीले अनलाइन जुवा खेलाउने १२ जनालाई किर्तिपुरबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । कीर्तिपुर नगरपालिका-६ चोभार, सोही नगरपालिका-९ नगाउँ र सोही नगरपालिका-१० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कबिता थापा, ३० वर्षीय रबिन खड्का, सोही नगरपालिका-१० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन, सोही नगरपालिका-८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, सोही ठाउँ बस्ने १९ वर्षीय साहिल महर्जन, सोही नगरपालिका-१० बस्ने १९ वर्षीया हनिशा महर्जन, सोही नगरपालिका-९ नगाउँ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, काठमाडौं कीर्तिपुर बस्ने बझाङ केदारसिउ गाउँपालिका-५ घर भएका १९ वर्षीय बिनोद ठगुन्ना र काठमाडौं कीर्तिपुर बस्ने सिन्धुपालचोक मेलम्ची नगरपालिका-१३ घर भएकी १७ वर्षीया किशोरी रहेका छन् ।
काठमाडौं कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाईन जुवा खेलाउदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न घर तलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाईल, कम्पुटर मोनिटर २ थान, राउटर ३ थान, गेमिङ बिबरण लेखिएका रजिस्टरहरु र २ थान वोर्ड लगायतका उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउनका लागि २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरु समेत राखी त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आइडीमार्फत अमेरिकी तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर कायिरिङ, रिभर सुइप्स, रिभर मन्सटर, भेगास एक्स लगायतका अनलाईन जुवा खेल्न लिङ्क शेयर गरी उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रुपमा दिने तथा करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएकोउक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!