२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कैलालीमा मोबाइल चोरी गर्ने २ जना प्रहरी जवान पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८

ABC (क्राईमबिट)
धनगढी । मोवाईल चोरीमा प्रहरी नै सक्रिय रहेको खुल्न आएको छ। जिल्ला प्रहरी कैलाली अन्तर्गतका दुई जना प्रहरीहरु मोवाईल चोरीमा सक्रिय रहेको तथ्य बाहिर आएको छ।धनगढी ग्लोबल मोवाईल ग्यालरीबाट मोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा राखेर छानबिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

बिहीवार लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोवाईल ग्यालरीमा पुगेका एक जना प्रहरीले मोवाईल चोरी गर्दै गरिरहेको भिडिओ पसलको सिसिटिभीमा कैद भएको थियो।

ग्यालरीमा खानतलासी गर्न गएका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुडाललाई हिरासतमा राखेर छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए ।

मोवाईल ग्यालरीका सञ्चालक सुवास रावलले खानतलासीको नाममा पसलमा राखिएको नयाँ मोवाईल लगेको बताए । मोवाईलको खाली डब्बा देखेपछि सिसिटिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको थिए ।

त्यही निवेदन र भिडियोको आधारमा प्रहरीले दुवै जनामाथि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए बिहीवार प्रहरीले लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ रहका थिए । उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको थियो । पश्चिम्टुडेबाट।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!