३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

श्रीमती हुँदाहुँदै अरुको श्रीमतीसँग अनैतिक सम्बन्ध राख्ने प्राध्यापक थुनामा

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

ABC (क्राईमबिट)
सुर्खेत । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार जिल्लाका न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाहको उजुरी प्रहरीकोमा परेको थियो ।

उनीहरुविरुद्ध छिमेकी सीताकुमारी शाहीले उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित दुवैलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो । शान्ताका श्रीमान् रोजगारीका लागि विदेशमा गएका बेला उनको शिक्षक सरोजसँग सम्बन्ध सुरु भएको थियो । शारीरिक सम्बन्धपछि शान्ताको गर्भ बसेको श्रीमान घर फर्किएपछि थाहा पाएका थिए ।

आफू आएको छोटो समयमा नै श्रीमती गर्भवती भएपछि उनले शंका गरेका थिए । सुरुमा आनाकानी गरेकी शान्ताले पछि जन्मिएको छोरा शिक्षक सरोजको भएको जनाएकी थिइन् । त्यसपछि उनी सरोजकै घरमा गएर बस्न थालेकी थिइन् । शान्तिको आफ्नो श्रीमानका तर्फबाट एक छोरी छन् भने सरोजको श्रीमती, तीन छोरी र एक छोरा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!