२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

श्रीमती हुँदाहुँदै अरुको श्रीमतीसँग अनैतिक सम्बन्ध राख्ने प्राध्यापक थुनामा

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

ABC (क्राईमबिट)
सुर्खेत । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार जिल्लाका न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाहको उजुरी प्रहरीकोमा परेको थियो ।

उनीहरुविरुद्ध छिमेकी सीताकुमारी शाहीले उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित दुवैलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो । शान्ताका श्रीमान् रोजगारीका लागि विदेशमा गएका बेला उनको शिक्षक सरोजसँग सम्बन्ध सुरु भएको थियो । शारीरिक सम्बन्धपछि शान्ताको गर्भ बसेको श्रीमान घर फर्किएपछि थाहा पाएका थिए ।

आफू आएको छोटो समयमा नै श्रीमती गर्भवती भएपछि उनले शंका गरेका थिए । सुरुमा आनाकानी गरेकी शान्ताले पछि जन्मिएको छोरा शिक्षक सरोजको भएको जनाएकी थिइन् । त्यसपछि उनी सरोजकै घरमा गएर बस्न थालेकी थिइन् । शान्तिको आफ्नो श्रीमानका तर्फबाट एक छोरी छन् भने सरोजको श्रीमती, तीन छोरी र एक छोरा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!