२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

करोडौंको भन्सार छ्लेर मदिराहरु बिक्री गर्ने काठमाडौंबाट ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गर्दै आएको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बरामद गरेको मदिरा
पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका छन् । प्रहरीका अनुसार घिमिरे नेपाली सेनाका पूर्वहवल्दार हुन् भने सन्तोष चन्द्र बाख्रेल दरबारमार्गस्थित कपडा सोरुम बिईङ ह्युमेनको संचालकमध्येका एक हुन् ।

उनीहरुले सीतापाइलास्थित संचालन गरेको मदिरा गोदाममा छापा मारेर १ करोड ४१ लाख ६० हजार मुल्य बराबरको मदिरा बरामद गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए । प्रहरीले २९५ कार्टुन एब्सोल्युट भोड्का, रेड लेबल र ब्ल्याक लेबल बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]