१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

३ जना डीआईजीहरु एआईजीमा बढुवाको चर्चा १ सिंह २ लामा ३ धानुक रहेका छ्न

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीको डिआइजीहरुको एआइजीको बढुवा चलिरहेका बेला सक्षम,वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुपर्ने सुझाव सरकारलाई आएको छ ।

प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवाका लागि अन्तिम तयारी भएको छ । एआईजी थप गर्ने गृह मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले समेत स्वीकृत गरिसकेको छ ।

जुरियर डिआईजीलाई बढुवाका लागि माओवादी केन्द्रका नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले अनुचित दवाव दिएका कारण ढिलाई भएको उच्च स्रोतले जनाएको छ ।

अर्थमन्त्री शर्माले डिआईजी रविन्द्र धानुकलाई काखी च्यापरेर बोकेका छन् । डिआईजीबाट एआईजीमा बढुवाको तयारी भइरहेका बेला प्रहरीका वरिष्ठ, काबिल, सक्षम, इमान्दार डीआईजीलाई समावेशिताका आधारमा बढुवा गर्नुपर्ने माग उठेको हो । एसएसपीबाट डीआईजीमा बढुवा हुँदा धिरजप्रताप सिंह पहिलो नम्बरमा बढुवा भएका थिए ।

दोस्रोमा बसन्त लामा, तेस्रोमा रविन्द्रबहादुर धानुक, चौथोमा उत्तम सुवेदी र पाँचौँ नम्बरमा अरुण बिसीको बढुवा भएको थियो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले तीन जना डिआईजीमध्यबाट बढुवा गर्दा वरीयता र समावेशितालाई समेत ध्यान दिएर बढुवा गर्ने हो भने पहिलो नम्बरमा धिरजप्रताप सिंह, दोस्रोमा बसन्त लामा र तेस्रोमा रविन्द्रबहादुर धानुकको बढुवा गर्नुपर्छ । यसरी बढुवा गर्दा वरिष्ठता पनि नमिचिने र समावेशिता पनि हुनेछ ।

प्रहरीभित्रको चेनअफ कमाण्ड पनि बच्नेछ । अन्यथा बढुवाका लागि चर्चामा आएका तीन डिआईजीको मात्र बढुवा हुने हो भने ती सबै क्षेत्री बाहुन मात्र हुनेछन् । समावेशिता हुनेछैन ।

कांग्रेस नेतृत्वको सरकारले सबैलाई मिलाएर वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुनै वैज्ञानिक हुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई सुझाव दिइएको छ । मिडिया-डबलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!