२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन बोर्ड गठन गरे

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८


(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी सुरु गरेको छ । त्यसका लागि विभिन्न प्रक्रिया सुरु भएको अव छिटै बोर्ड गठन हुने पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले बताए ।

नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताउँदै सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याइने बताए ।

उनले लुम्बिनी प्रदेश अन्तरगत रुकुमको सानो भेरी, दाङको बबई, प्युठानको राप्ती,बाँकेको राप्ती सुनारी लगायतका क्षेत्रमा र्याफ्टिङ सञ्चालनको लागि अध्ययन थालिएको बताए। प्रदेश सरकारले ठाउँ अनुसार पर्यटकहरू भित्र्याउने उद्देश्यले खाना,तथा सांस्कृतिक अध्ययन काम भएको बताएका छन् । जसअनुसार दाङ बाँके र बर्दियामा थारु संस्कृतिका संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने,रोल्पा,रुकुममा मगर समुदायको,प्युठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षेत्रीको संस्कृति झल्कने कार्यक्रमहरू ल्याउने तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!