११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

को बन्ला निर्वाचन गराउने नेपाल प्रहरीको आईजीपी थापा या पोखरेल ?

Logo
प्रकाशित सोमबार, माघ २४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आगामी वैशाख-जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको छ । गठबन्धनको निर्णय पश्चात जेठ महिनाभित्र निर्वाचन हुने पक्कापक्की जस्तै देखिएको छ ।

पहिलो घेरामा रहेर निर्वाचनको मुख्य सुरक्षा जिम्मेवारी पाउने हालका प्रहरी महानिरीक्षक थापा क्षेत्रीको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले त्यसपछि बन्ने महानिरीक्षकले नै तिनै तहको चुनाव गराउने लगभग पक्कापक्की जस्तै छ।

सत्ता गठबन्धनले आगामी तीनै तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाल प्रहरीको नेतृत्वमा आफू अनुकूलको प्रहरी महानिरीक्षक ल्याउने तयारी थालेको चर्चा यतिबेला प्रहरी प्रधान कार्यालयमा चल्न थालेको छ ।

गत वर्षको असारमा प्रहरी महानिरीक्षक बनेका थापा क्षेत्रीको कार्यकाल आगामी १९ वैशाख २०७९ सम्म छ । उनीसँगै ३० वर्षे उमेर हदका कारण एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीले समेत सोही मितिमा अनिवार्य अवकाश पाउनेछन् । त्यसपछि हाल रहेका मध्ये बाँकी रहने एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा मध्ये एकजना आईजीपी बन्दै तिनै तहको निर्वाचनको नेतृत्व गर्नेछन्।

एआईजीद्वय बिश्वराज पोखरेल र थापा दुवै जना केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला बढुवा भएका हुन् । एआईजी पोखरेल रिक्त रहेको स्थानमा बढुवा भए पनि थापाका लागि भने दरबन्दी थपेर बढुवा गरिएको थियो ।

सरकारले नेपाल प्रहरीमा ३ देखि ५ एआईजी दरबन्दी थप्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति पनि दिइसकेको छ ।

डीआईजीहरु गणेशबहादुर ऐर, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, सौरभ राणा, रामकृपाल यादव र प्रकाश अधिकारीको पनि आगामी वैशाखमा आइजिपी शैलेस थाप क्षेत्री सङ्गै कार्यकाल सकिँदै छ ।

नयाँ ब्याचतर्फका दिवेश लोहनी, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार लामा, अरुणकुमार बिसी, मुकुन्द आचार्यलगायत एआईजीको दरबन्दी थपिएको खण्डमा प्रतिष्पर्धामा छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अवकाशसँगै उनीसँगैका एआईजी, डीआईजीदेखि एसएसपीसम्मका अधिकारीले पनि अनिवार्य अवकाश पाउने भएकाले एआईजी विश्वराज पोखरेल-सहकुलबहादुर थापाको ब्याचबाट नै अबको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिनेछ । थापा हाल कार्य विभागमा छन् भने पोखरेल मानवश्रोत एवं प्रशासन विभागमा छन् । तिनै तहको निर्वाचन गर्नेगरि नेपाल प्रहरीको भावी आईजीपी को बन्छ त्यसका लागि भने केहि समय कुर्नु पर्ने भएको छ ।

भावी आईजीपीको प्रतिस्पर्धामा उभिएका पोखरेल र थापा दुवै २०४९ चैत २८ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनीहरु दुवैजना २०६२ जेठ २२ गते डीएसपी मा बढुवा भए। त्यसको सात वर्षपछि २०६९ माघ ११ गते उनीहरु दुवैजना सँगै एसपीमा पनि बढुवा भएका थिए।

आईजीपीको दाबेदारका रुपमा रहेका पोखरेलसँग राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, अपराध अनुसन्धान विभाग, मानवस्रोत तथा प्रशासन विभाग जस्ता विभागमा काम गरेको अनुभव छ। थापाले भने प्रहरी अपरेशन हेर्ने कार्य विभाग सम्हालेका छन्। उनी यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए। पोखरेलले महानगरिय प्रहरी परिसर , महानगरीय प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय ट्राफिक प्रहरी महाशाखामा काम गरिसकेका अनुभबी काबिल अफिसर मानिन्छ्न। प्रहरी नियमावलीअनुसार प्रहरीमा बढुवाका लागि १ वर्षे कार्यसम्पादन मूल्यांकन अनिवार्य छ । कार्य सम्पादन मुल्यांकन हेर्ने हो भने एआइजी सहकुल थापाको ९ महिना मात्र पुग्ने र पोखरेल को १ बर्ष पुरा भैइ सक्ने भएकोले भाबी आइजिपी को लागि बिश्वराज पोखरेल नै पक्का देखिन्छ ।प्रहरी नियमावलीअनुसार प्रहरीमा बढुवाका लागि १ वर्षे कार्यसम्पादन मूल्यांकन अनिवार्य छ । कार्य सम्पादन मुल्यांकन हेर्ने हो भने एआइजी सहकुल थापाको ९ महिना मात्र पुग्ने र पोखरेल को १ बर्ष पुरा भैइ सक्ने भएकोले भाबी आइजिपी को लागि बिश्वराज पोखरेल नै पक्का देखिन्छ । (विशाल-खबरबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

error: Content is protected !!