१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बाँकेमा गुणस्तर धान नहुँदा २ महिनामा १६ सय क्वीन्टल धान मात्र आयात

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

(ABC-Sanchar)
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जले गुणस्तरीय धान नपाउँदा २ महिनाको अवधिमा १६ सय क्वीन्टल धान मात्र खरिद गरेको छ ।
कम्पनीका कार्यालय प्रमुख रामबहादुर विष्टका अनुसार यो वर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य छ । मंगलबारसम्म एक हजार छ सय ७ क्वीन्टल धान मात्र खरिद गरिएको छ । जसमा मोटा धान ८२८.४० क्वीन्टल र मध्यम धान ७७९.१५ क्वीन्टल खरिद भएको छ । कम्पनीले २६ मंसिरदेखि धान किन्न थालेको हो ।
‘किसान धानको नमूना ल्याएर आउँछन् । राम्रो धान भए मात्र खरिद हुन्छ’, विष्टले प्रष्ट पारे, ‘कृषि ज्ञान केन्द्रले जिल्लाका ६०१ किसानलाई प्रति किसान बढीमा ३० क्वीन्टल धान बेच्ने सिफारिस गरेको थियो । त्यसैका आधारमा अब बाँकी रहेका ११६ किसान मात्र धान बेच्न आउन बाँकी छन् । दैनिक रुपमा फाट्ट फुट्ट रुपमा मात्र किसान धान बेच्न आउँछन् । कुनै दिन त कोही पनि आउँदैनन् । अब सम्भवतः सिफारिस पाएका किसान आएपछि अरु धान खरिद हुँदैन होला ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

error: Content is protected !!