११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

सशस्त्र प्रहरीमा चलखेलको कारण विभिन्न पदको बढुवा अलपत्र

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । लामो समयदेखि सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया अघि बढेपनि फेरि अवरुद्ध हुन पुगेको छ । चलखेलका कारण बढुवा समितिको बैठक नै बस्न सकेको छैन ।

बढुवाका लागि अस्पतालतर्फ रिक्त चार डिएसपीको पदमा सूचना प्रकाशन भएको एक महिना भइकसकेको छ । तर, बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । रिक्त पदमा एमडी गरेका चिकित्सक बढुवाका दाबेदार हुन् । तर, नर्स लगायत अन्यलाई सो पदमा बढुवा हुने दौडधुपमा लागेपछि निर्णय हुन सकेको छैन ।
चिकित्सक र नर्सको ज्येष्ठतालाई कुन आधारमा मूल्याङकन गर्ने भन्ने सिष्टम छैन । नेपाली सेनामा चिकित्सकको चार वर्ष बराबर नर्स तथा अन्य स्टाफको चार वर्ष हुने प्रावधान छ । सशस्त्रमा यससम्बन्धि प्रष्ट नियमावली नहुँदा बढुवामा विवाद भएको हो । यस्ता विवादमा सशस्त्र प्रहरी महानिरीक्षकले कमाण्ड राम्रोसँग गर्न नसक्दा पनि बढुवा रोकिएको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् ।

त्यस्तै, प्रशासनतर्फ इन्सपेक्टरबाट डिएसपी बढुवाको लागि पनि बैठक बस्न सकेको छैन । तीन साताअघि नै डिएसपी बढुवाका लागि सूचना प्रकाशन भएको थियो । सशस्त्रमा डिएसपीका ५७ पद रिक्त छन् । जसमा सिंस ६ का टोली बढुवाका प्रतिस्पर्धी हुन् । २०६२ सालमा भर्ना भएका इन्सपेक्टरहरु बल्ल बढुवा हुन लागेका थिए । तर, चलखेलले निर्णय हुन सकेको छैन । त्यस्तै, लेखा र कानूनको डिएसपी रिक्त पदमा बढुवा प्रक्रिया पनि अवरुद्ध बन्न पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!