ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका १ काउलेमा लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १ निवासी २४ वर्षिय यादव बिसी रहेका छन् । बिसीलाई पक्राउ गरी बिहीबारनै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको डिएसपी रिजालले जानकारी दिए ।
त्यस्तै बिसीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७८ साल असोजको ७ गते बहुविवाहको मुद्दामा ११ महिना १७ दिन कैद सजाय फैसाला गरेको थियो ।