ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी) को बढुवा प्रक्रिया अगाडि बढाएको छ ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार सूचना प्रकाशित गरी बढुवा समितिको १३ फागुनको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । सो सूचनामा पाँच दिनभित्र आवश्यक कागजातसहितको मूल्यांकन फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनेका छन् ।
सशस्त्र प्रहरीमा अहिले डीआईजीको तीनवटा पद रिक्त छ । प्रविणकुमार श्रेष्ठ, खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएपछि ती पद रिक्त हुन गएको हो ।
सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा वरिष्ठ उपरीक्षक (एसएसपी) विदुर खड्का, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक अगाडि छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका हुन् ।
खड्का १ भदौ २०५०, पाल १ मंसिर २०५४, सिंह १८ चैत २०५४ र पाठक १ मंसिर २०५४ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनीहरू ७ वैशाख २०७७ मा डीआईजीमा बढुवा भएका थिए । सशस्त्रमा उनीहरूपछि सिसं १ मा सशस्त्र प्रहरी निरीक्षकका ब्याची कामु एसएसपी छन् । राजधानी दैनिकबाट