१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

सशस्त्र प्रहरी डीआईजी बढुवाको प्रक्रिया शुरु, को-को छन् दाबेदार नामसहित ?

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी) को बढुवा प्रक्रिया अगाडि बढाएको छ ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार सूचना प्रकाशित गरी बढुवा समितिको १३ फागुनको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । सो सूचनामा पाँच दिनभित्र आवश्यक कागजातसहितको मूल्यांकन फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनेका छन् ।

सशस्त्र प्रहरीमा अहिले डीआईजीको तीनवटा पद रिक्त छ । प्रविणकुमार श्रेष्ठ, खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएपछि ती पद रिक्त हुन गएको हो ।

सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा वरिष्ठ उपरीक्षक (एसएसपी) विदुर खड्का, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक अगाडि छन् । यी सबै जना नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका हुन् ।

खड्का १ भदौ २०५०, पाल १ मंसिर २०५४, सिंह १८ चैत २०५४ र पाठक १ मंसिर २०५४ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनीहरू ७ वैशाख २०७७ मा डीआईजीमा बढुवा भएका थिए । सशस्त्रमा उनीहरूपछि सिसं १ मा सशस्त्र प्रहरी निरीक्षकका ब्याची कामु एसएसपी छन् । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!