(ABC-Sanchar)
दाङ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।
‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँग
सँगै खाऔं’ भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निशुल्क खुवाउनुका साथै संगितमय भजन टोलिले शिवरात्रीका दिन बिहनै देखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए । 
पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो । 
पौवाको रुपन्देहीमा २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको चितवनमा १ शाखा संचालनमा आइसकेका छन् भने गण्डकी प्रदेश राजधानी पोखरामा नयाँवर्ष पहिले नै सेवा संचालन हुने गरि तयारी अगाडी बढाईएको पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए । साथै होस उल्लासको साथमा होटल पौवा घोराही शाखाले शिबरात्रीको अवसरमा परम्परा अनुसारको शिव प्रसाद निशुल्क खुवाउनुका साथै संगितमय भजन टोलिले शिवरात्रीका दिन बिहानै देखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको होटल पौवा घोराहीका म्यानेजर केडी शर्माले जानकारी दिनुभएको छ । 