२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मतदाताहरु स्वतन्त्र हुनुपर्छ लुम्बिनी प्रदेश बन मन्त्री : सुरेन्द्र हमाल

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

(ABC-SANCHAR)
काठमाडौं । नेपाली कांग्रेस बाँकेको सभापति दौडबाट बाहिरिएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले दोस्रो चरणको निर्वाचनमा सभापतिमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र रहेको बताएका छन् ।
केहीबर अघि  प्रतिक्रिया दिँदै मन्त्री हमालले आफ्नो समूहभित्र देखिएको ‘पञ्चायती शैली’विरुद्ध लड्ने बताएका छन् । “मान्छे मर्यो भन्नु भन्दा पनि काल पल्क्यो भन्ने कुरा देखियो, हामी त सुरुवातदेखि नै निष्ठा र स्वाभिमानको राजनीति गर्दै आएको मान्छे हौं, कसैको दासत्व हामीलाई स्विकार्य हुँदैन,” उनले भने-“दोस्रो चरणमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताले पक्कै आफ्नो विवेक प्रयोग गर्नुहुन्छ, मैले यसलाई भोट हाल्नुस् भन्दिनँ तर हाम्रो समूहभित्र देखिएको अराजक र निरंकुश प्रबृत्ति विरुद्ध हाम्रो लडाइँ रहन्छ ।”

उनलाई संस्थापन समूहले सभापतिकै निर्देशन भनेर आधिकारिक उम्मेदवार घोषणा गरिएपनि सहमहामन्त्री किशोरसिंह राठौरको साथ पाएका बादशाह कुर्मीले उनी भन्दा धेरै मत पाएर दोस्रो चरणमा संस्थापन इतरका नारायणप्रसाद गौडेलसंग आज दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । हमालले राठौरले केन्द्रको निर्देशन विपरीत मनोमानी गरेको भन्दै आफ्नो लडाइँ रहिरहने प्रष्ट पारेका छन् । हमालको यो भूमिकाले गौडेललाई फाइदा पुग्ने विश्लेषण गरिएको छ । हमाललाई आएको मत पाउने विश्वास लिएका संस्थापन समूहका नेताहरु हमालको यो प्रतिक्रियाले निराश बनेको बताइएको छ । दोस्रो चरणको निर्वाचन विहान १० बजेदेखि शुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]