२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

मतदाताहरु स्वतन्त्र हुनुपर्छ लुम्बिनी प्रदेश बन मन्त्री : सुरेन्द्र हमाल

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

(ABC-SANCHAR)
काठमाडौं । नेपाली कांग्रेस बाँकेको सभापति दौडबाट बाहिरिएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले दोस्रो चरणको निर्वाचनमा सभापतिमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र रहेको बताएका छन् ।
केहीबर अघि  प्रतिक्रिया दिँदै मन्त्री हमालले आफ्नो समूहभित्र देखिएको ‘पञ्चायती शैली’विरुद्ध लड्ने बताएका छन् । “मान्छे मर्यो भन्नु भन्दा पनि काल पल्क्यो भन्ने कुरा देखियो, हामी त सुरुवातदेखि नै निष्ठा र स्वाभिमानको राजनीति गर्दै आएको मान्छे हौं, कसैको दासत्व हामीलाई स्विकार्य हुँदैन,” उनले भने-“दोस्रो चरणमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताले पक्कै आफ्नो विवेक प्रयोग गर्नुहुन्छ, मैले यसलाई भोट हाल्नुस् भन्दिनँ तर हाम्रो समूहभित्र देखिएको अराजक र निरंकुश प्रबृत्ति विरुद्ध हाम्रो लडाइँ रहन्छ ।”

उनलाई संस्थापन समूहले सभापतिकै निर्देशन भनेर आधिकारिक उम्मेदवार घोषणा गरिएपनि सहमहामन्त्री किशोरसिंह राठौरको साथ पाएका बादशाह कुर्मीले उनी भन्दा धेरै मत पाएर दोस्रो चरणमा संस्थापन इतरका नारायणप्रसाद गौडेलसंग आज दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । हमालले राठौरले केन्द्रको निर्देशन विपरीत मनोमानी गरेको भन्दै आफ्नो लडाइँ रहिरहने प्रष्ट पारेका छन् । हमालको यो भूमिकाले गौडेललाई फाइदा पुग्ने विश्लेषण गरिएको छ । हमाललाई आएको मत पाउने विश्वास लिएका संस्थापन समूहका नेताहरु हमालको यो प्रतिक्रियाले निराश बनेको बताइएको छ । दोस्रो चरणको निर्वाचन विहान १० बजेदेखि शुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]