(ABC-SANCHAR)
काठमाडौं । उत्तर पश्चिमी पेशावर सहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार बम विष्फाेट भएकाे हाे ।
विष्फाेटमा परी २०० भन्दा धेरै घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका २० जनाकाे मृत्यु भएसँगै मृतकसंख्या ५० भन्दा माथि पुगेकाे बताइएकाे छ । घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा उपचार भइरहेकाे छ ।विष्फाेटमा परी एक प्रहरीकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आतंककारी जबरजस्ती मस्जिदभित्र जान खाेजेकाे र प्रहरीसँग विवाद भएपछि आत्मघाती हमला गरेकाे प्रहरीले जनाएकाे छ ।एजेन्सी