१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

प्रहरीले विभिन्न स्थानबाट ५४ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

(ABC-SANCHAR)
काठमाडौं । महानगरपालिका-१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै, ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरुलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका-१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेका होटल संचालक अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ घर भएका ५२ वर्षीय गोपाल बहादुर कुँवर लगायत ११ जनालाई शनिबार पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँके, नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ। तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ। तुल्सासहित सपना वली, निलिका […]

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

error: Content is protected !!