११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

डिउटीमा रहेका प्रहरी जवानले बोकेको बन्दुकले आफैले हाने पछी ?

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

ABC (क्राईमबिट) कैलाली । सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् । डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । उनको चिउडोमा गोली लागेको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । ‘उनको अवस्था खतरामुक्त छ । किन आत्महत्याको प्रयास गरे त्यसबारेमा हामी बुझ्ने छौं,’ डिएसपी जोशीले भने, ‘ घरायसी हो कि विभागिय तनाव हो त्यसबारे अनुसन्धान गछौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!