०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

राप्ती नदीमा भइरहेको तारजाली तटबन्धमा ठेकेदारको चरम लापरबाही

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८


(ABC-SANCHAR)
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर देखि गढवा गाउँपालिका ३ भुतपुर सम्मको १ हजार २ सय मिटर राप्ती नदीको उत्तर साइडमा भइरहेको तटबन्धमा ठेकेदारले ठुला ठुला ढुंगा हाल्नु पर्नेमा स साना ढुंगा हालेर काम गरेपछि स्थानीयहरूले विरोध जनाउन सुरू गरेका हुन् ।सिचाई मन्त्रालयबाट प्राप्त ६ करोड बजेटबाट प्रगन्ना बड्कापथ सिचाई आयोजना लमहीले सुनछहारी निर्माण सेवा प्रालि मार्फत काम गराउन सुरू गरेको छ । सम्झौता भएको मितिले आउँदो २०७९ असार २५ गते सम्म तटबन्धको सक्नु पर्ने भएको छ । यता कम्पनीका सहायक इन्चार्ज बालाराम बुढामगरले भने स्टिमेट अनुसार काम भएको बताएका छन् । काम गर्ने बेला केही कमजोर भएको हुन सक्छ त्यसलाई आफुले सुधार गर्दै लैजाने बताए ।तार जाली तटबन्ध अन्तरगत हाल सम्म ७ सय मिटर ड्याम उठाउने र २ सय मिटर लन्चिङ जाली भर्ने काम भएको छ । भइरहेको काममा प्रगन्ना बड्कापथ सिचाई आयोजनाले अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको देखिन्छ । काममा भएको लापरबाहीलाई आफुले गम्भीर रूपमा लिएको र सम्बन्धित ठेकेदारलाई तुरुन्त सुधार गर्न निर्देशन दिने बड्कापथ जल उपभोक्ता मुल समन्वय समितिका अध्यक्ष राजेश चौधरीले बताएका छन् ।राप्ती नदीमा भइरहेको तटबन्धको काममा संवेदनशील नहुने हो भने यसले नियन्त्रण होइन ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले जुनसुकै काममा पारदर्शी भए नभएको नागरिक स्तरबाटै खवरदारी गर्न आवश्यक छ । देउखुरी-टुडेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । भारतको हरियाणा राज्यमा आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर बसमा आगजनी भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेपछि गाउँलेले बसको झ्यालका सिसा फुटाएर यात्रुलाई बचाएका थिए । बसमा झन्डै ६० जना सवार थिए । एजेन्सी

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१/०१/२७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई तालुक प्रहरी प्रधान कार्यलय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६८७९ मिति २०८१/०१/२८ गतेको पत्र बमोजिम यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा हुनु भई जान लाग्नु भएका […]

(ABC-Sanchar) काठमाडौं । फिल्म ‘बोक्सीको घर’को सफलतापछि यसकी निर्माता एवं मुख्य कलाकार केकी अधिकारी अहिले चर्चामा छिन् । फिल्म उद्योगमा झन्डै १५ वर्ष बिताएकी केकीसँग यो फिल्म निर्माण, सफलता, नेपाली समाजमा महिला र फिल्म उद्योगमा लैंगिक असमानता लगायत विषयमा गरेको कुराकानी : ‘बोक्सीको घर’ नाटकलाई फिल्म बनाउने कुरा कसरी सुरु भएको थियो ? कोभिडको पहिलो […]