२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राधापुर प्रहरी चौकी इन्चार्ज बमको सफलता पेस्तोल र लागूऔषध पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

(महेन्द्र सिंह)
बाँके । खजुरा गाउँपालिका १ राधापुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई पक्राउ गरिएको हो ।

भर्खरै मात्र सरुवा भएर आउनु भएका राधापुर प्रहरी चौकीको कमान्ड सम्हालेको चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बमको टोलीले ठुलो सफलता हात पारेको छ । थापाको  पुरानो घरमा बसेर उनिहरुले लागु औषध ब्राउन सुगर सेवन तथा कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यहीँ अनुसार घटनास्थल पुगेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उक्त ब्राउन सुगर थापाको  साथबाट बरामद भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]