२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा जग्गा एउटाको नाममा पुर्जा अर्कैको नाममा कमजोरी कसको ?

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८


(ABC-SANCHAR)
दाङ । जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर उपमहानगरपालिका १९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालले त्रुटि गर्दा समस्या गरेको छ । घर र जग्गा भोगचलन गरिहेको एउटाले हुन्छ, तर अर्कैका नाममा पुर्जा हुँदा त्यसले गाउँलाई निकै समस्या गराउने गरेको छ ।

स्थानीयवासी सङ्गीता बस्नेत परिवारको १६ कठ्ठा चार धुर जग्गा नाममा छ । तर उनीहरूले अहिले चार कठ्ठामात्रै भोगचलन गर्दै आएका छन् । किनकि उनीहरूका नाममा जग्गा भए पनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन् । त्यस्तै दरिभान घर्तीको परिवारले विसं २०१६ मा त्यस स्थानमा जग्गा किनेर घरबाससमेत बनाएको थियो । तर उनीहरूले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ । त्यतिमात्रै होइन, त्यही ठाउँका दुर्गाकुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो । उनीहरूले खेत भनेर जग्गा किने तर नापी गर्दा सिँचाइको सुविधासमेत नभएको पाखो जग्गा परेको रहेछ । अहिले त्यही पाखो जग्गा उनीहरूले भोगचालन गर्दै आएका छन् ।

जग्गा अर्काका नाममा परेर यस्तै थुप्रै समस्या देखिएका छन् । त्यहाँका करिब ४० घरको यस्तो समस्या छ । भोगचलन गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या हुने गरेको स्थानीयवासी सङ्गीता बस्नेतले बताए । ‘हाम्रो जग्गा १६ कठ्ठा चार धुर हो, तर अहिले हामीले चार कठ्ठामात्रै उपभोग गर्दै आएका छौँ’, उनले भने, ‘भोगचलन गर्दै आएको जग्गा पनि हाम्रो नाममा छैन, अहिले जति भोग गर्दै आएका छौँ, त्यत्तिमात्रै हाम्रो नाममा आएपनि खुसी हुने थियौँ ।’

अहिले अर्काको जग्गामा बसोबास गर्दा आफूहरूले त्यो जग्गामा घर निर्माणदेखि बैंकबाट ऋण लिनसमेत समस्या भएको दरिभान घर्तीले बताए। ‘हामीले किनबेच पनि गर्न पाएका छैनौँ, बैंकबाट ऋण निकालेर केही काम गर्न पनि पाएका छैनौँ’, उनले भने, ‘घर हालौँ भने पनि समस्या छ, अर्काका जग्गामा घर हाल्दा भोलि समस्या हुने हो कि भन्ने निकै डर छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।