२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

हवाई उडानमा थपियो शिवम एयरलाइन्स नेपालगञ्जबाट उडान सुरु गर्ने

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८


(ABC-SANCHAR)
काठमाडौं । हवाई उड्डययन क्षेत्रमा आन्तरिक उडानतर्फ नयाँ कम्पनी एयरलाइन्स कम्पनी थपिएको छ। स्टलमा उडान गर्ने गरी शिवम एयरलाइन्सले लाइसेन्स पाएको छ।

एयरलाइन्स कम्पनीको लाइसेन्सका लागि शिवमले एक वर्षअगाडि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो।

शिवमको निवेदनउपर मन्त्रालयको हवाई उद्योग महाशाखाले अध्ययन गरेर स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाएको थियो। सोहीअनुसार शिवमले यही फागुन २६ गते बिहीबार मात्रै स्वीकृत पाएको हो।

अब एयरलाइसन्स कम्पनीलाई मन्त्रालयलले ३ दिनभित्र पत्र दिने छ। पत्र पाएको ७ दिनभित्र उसले तिर्नुपर्ने रकम तथा धरौटी रकम राखेपछि एयरलाइन्स कम्पनीको लाइसेन्स पाउने छ।

मन्त्रालयबाट एयरलाइन्स कम्पनीको लाइसेन्स पाइएपछि एनओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिनुपर्छ।

प्राधिकरणले पनि प्रारम्भिक अध्ययन गरेपछि मात्र एनओसी दिनेछ। एनओसी पाएपछि एयरलाइन्स कम्पनीले जहाज ल्याउन पाउँछ। जहाज ल्याएर सबै प्रक्रिया पूरा गरेपछि प्राधिकरणले एओसी जारी गर्छ। एओसी पाएपछि मात्र ती जहाज उडानमा आउन पाउँछन्।

मन्त्रालयले एयरलाइन्सले पोखरालाई वेस बनाएर उडान गर्ने भन्दै लाइसेन्सका लागि निवेदन दिए पनि नेपालगञ्जलाई बेस बनाएर उडान गर्ने गरी लाइसेन्स दिन लागेको हो। एयरलाइन्सले स्टलका १४ वटा गन्तव्यमा ३ वटा साना प्रकृतिको जहाजबाट उडान गर्ने योजना पेस गरेको छ।

एयरलाइन्से विस्तारै भैरहवालाई बेस बनाउनेसमेत तयारी गरेको छ। एयरलाइन्सका मालिक दिनेश आर्चायले जतिसक्दो छिट्टो सबै प्रक्रिया पूरा गरेर जहाज ल्याउँदै आन्तरिक उडानमा सेवा दिने बताए।

अहिले स्टलको आन्तरिक उडानमा तारा, समिट र सिता एयरले उडान गर्दै आएका छन्। यसैगरी आन्तरिक उडानमा बुद्ध, यती, श्री, गुण, सौर्य र नेपाल एयरलाइन्सले टंक रुटमा उडान गर्दै आएका छन्। शिवमको प्रवेशसँगै स्टलको उडानमा थप प्रतिस्पर्धा हुने भएको छ।

अब स्टलमा तारा, समिट, सिता र शिवमको प्रतिस्पर्धा हुने छ। आन्तरिक उडानमा सबै भन्दा बढी हजार हिस्सा ओगट्न सफल बुद्ध एयरले पनि स्टलमा उडान तयारी गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!