२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

हवाई उडानमा थपियो शिवम एयरलाइन्स नेपालगञ्जबाट उडान सुरु गर्ने

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८


(ABC-SANCHAR)
काठमाडौं । हवाई उड्डययन क्षेत्रमा आन्तरिक उडानतर्फ नयाँ कम्पनी एयरलाइन्स कम्पनी थपिएको छ। स्टलमा उडान गर्ने गरी शिवम एयरलाइन्सले लाइसेन्स पाएको छ।

एयरलाइन्स कम्पनीको लाइसेन्सका लागि शिवमले एक वर्षअगाडि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो।

शिवमको निवेदनउपर मन्त्रालयको हवाई उद्योग महाशाखाले अध्ययन गरेर स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाएको थियो। सोहीअनुसार शिवमले यही फागुन २६ गते बिहीबार मात्रै स्वीकृत पाएको हो।

अब एयरलाइसन्स कम्पनीलाई मन्त्रालयलले ३ दिनभित्र पत्र दिने छ। पत्र पाएको ७ दिनभित्र उसले तिर्नुपर्ने रकम तथा धरौटी रकम राखेपछि एयरलाइन्स कम्पनीको लाइसेन्स पाउने छ।

मन्त्रालयबाट एयरलाइन्स कम्पनीको लाइसेन्स पाइएपछि एनओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिनुपर्छ।

प्राधिकरणले पनि प्रारम्भिक अध्ययन गरेपछि मात्र एनओसी दिनेछ। एनओसी पाएपछि एयरलाइन्स कम्पनीले जहाज ल्याउन पाउँछ। जहाज ल्याएर सबै प्रक्रिया पूरा गरेपछि प्राधिकरणले एओसी जारी गर्छ। एओसी पाएपछि मात्र ती जहाज उडानमा आउन पाउँछन्।

मन्त्रालयले एयरलाइन्सले पोखरालाई वेस बनाएर उडान गर्ने भन्दै लाइसेन्सका लागि निवेदन दिए पनि नेपालगञ्जलाई बेस बनाएर उडान गर्ने गरी लाइसेन्स दिन लागेको हो। एयरलाइन्सले स्टलका १४ वटा गन्तव्यमा ३ वटा साना प्रकृतिको जहाजबाट उडान गर्ने योजना पेस गरेको छ।

एयरलाइन्से विस्तारै भैरहवालाई बेस बनाउनेसमेत तयारी गरेको छ। एयरलाइन्सका मालिक दिनेश आर्चायले जतिसक्दो छिट्टो सबै प्रक्रिया पूरा गरेर जहाज ल्याउँदै आन्तरिक उडानमा सेवा दिने बताए।

अहिले स्टलको आन्तरिक उडानमा तारा, समिट र सिता एयरले उडान गर्दै आएका छन्। यसैगरी आन्तरिक उडानमा बुद्ध, यती, श्री, गुण, सौर्य र नेपाल एयरलाइन्सले टंक रुटमा उडान गर्दै आएका छन्। शिवमको प्रवेशसँगै स्टलको उडानमा थप प्रतिस्पर्धा हुने भएको छ।

अब स्टलमा तारा, समिट, सिता र शिवमको प्रतिस्पर्धा हुने छ। आन्तरिक उडानमा सबै भन्दा बढी हजार हिस्सा ओगट्न सफल बुद्ध एयरले पनि स्टलमा उडान तयारी गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!