२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

तनहुँमा आईतबार जिप दुर्घटना, हुँदा ३ जनाको घटना स्थलमै मृत्यु

Logo
प्रकाशित आइतबार, फाल्गुण २९, २०७८


(ABC-SANCHAR)
तनहुँ । तनहुँमा सडक दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

चितवनबाट पोखरातर्फ आईरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए। टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन्।

तिमध्ये टाटासुमोमा सवार नौ जना घाईतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए। दुर्घटनामा मृत्यु भएका मध्ये एक जनाको मात्र पहिचान खुलेको उनले बताए।

मृतक मध्ये शुक्लागण्डकी नगरपालिका–८ का ७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको उनले बताए। अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको उनले बताए। ‘चितवनमा उपचारको क्रममा तीन जनाको मृृत्यु भएको हो’, डिएसपि खड्काले भने।

टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो। बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!