११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

काठमाडौँमा सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । महानगरपालिका १२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको आरोपमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–१ घर भई काठमाडौँ गोङ्गबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, रोल्पा माडी गाउँपालिका–४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, बागलुङ नगरपालिका–८ घर भई काठमाडौँ सामाखुसी बस्ने ३० वर्षीय रञ्जित कार्की, बेनी नगरपालिका–५ घर भई काठमाडौँ मनमैजु बालाजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन् ।

यस्तै ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाईँ, पाल्पा पूर्व खोला गाउँपालिका–५ घर भएका ३३ वर्षीय जीवन कुमार श्रेष्ठ, रामेछाप गागल गाउँपालिका–८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका–२ घर भएका रमेश बजगाईँ, काभ्रेपलान्चोक कटुन्जेबेशी गाउँपालिका–४ घर भएका २५ वर्षीय सन्दीप मैनाली, सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका–३ घर भएका २२ वर्षीय निरञ्जन तिवारी र धादिङ थाक्रे गाउँपालिका–४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरू उपर किर्ते गर्न नहुने कसुर मुद्दामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!