२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

(ABC=SANCHAR)
काठमाडौं । सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को २ त ४२९४ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सोही नगरपालिका–३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बु रहेका छन् ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । सल्यानको शारदा नगरपालिका–१ पट्नेरीमा रा ४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगर हुँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक सितलपाटी बस्ने २६ वर्षीय निरज सिंहको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।

बैतडीको दशरथ चन्द नगरपालिका–१० भाटलामा सु प प्र ०१– ०० २ त ५५९८ नम्बरको ट्रयाक्टर शनिबार राति दुर्घटना हुँदा चालक अर्जुन थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पर्साको ठोरी गाउँपालिका–३ मा प्रदेश २–०३–००१ ह ६२८ नम्बरको अटो दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीय वीर बहादुर बिश्वकर्मा रहेका छन् । उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनालाई उपचारका लागि सोही गाउँपालिका–५ स्थित उन्नति मेडिकल सुवर्णपुर पठाइएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडामा से २ प ९६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक हस्ते चौधरीको मृत्यु भएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]