२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुर्घटनामा परेका २ जना सिरहाका न्यायाधीश ललितपुरस्थित भेन्टिलेटरमा

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८


(ABC=SANCHAR)
काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ मा दुर्घटनामा परेर घाइते भएका सिराहा जिल्ला अदालतका न्यायाधीशको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आइतबार दिउँसो काठमाडौंबाट सिराहा जाँदै गरेका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया चढेको गाडी दुर्घटना भएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारनाथको वीरेन्द्रबजारमा न्यायाधीशहरु चढेको बा २ झ ३९३२ नम्बरको सरकारी कार र ना.१ ज ६५०७ नम्बरको वींगर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना पछि दुवैजना न्यायाधीशलाई जनकपुरस्थित काव्या अस्पतालमा राखेर उपचार गरियो ।

मध्यान्ह ३ बजे न्यायाधीश उप्रेती र ५ बजे थपलियालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । दुवैजनाको अहिले मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । ओभरेक गर्ने क्रममा न्यायाधीशहरु सवार कार वींगरसँग ठोक्किएको थियो । वींगर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]