
ABC (क्राईमबिट)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अपहरणमा परेका एक जनालाई सकुशल फेला पारेको छ । अपहरणमा परेको सुचनाको आधारमा खटिएको प्रहरी टाेलिले खोजतलास गर्नेक्रममा तुलसीपुरका जनक देबकोटालाई जंगलमा सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले जानकारी दिए । 
उनका अनुसार किन अपहरण गरेको र अपहरण गर्ने समुहको खोजी कार्य तिब्र पारीएको छ । एसपि काफ्लेले घटनाको बारेमा सकुशल फेला परेका देबकोटामाथि सोधपुछ चलिरहेको र हाल अनुसन्धानकै क्रममा रहेकाले बिस्तृत बिबरण अनुसन्धानपछि भन्न सकिने बताए ।