ABC (क्राईम बिट) भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।
भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ सल्लाघारी आउँदै गरेको बा४ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।