ABC ( Sanchar) ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँ गाउँकी १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । ट्रकको ठक्करबाट स्कुटरको पछाडि बसेकी पोखरा महानगरपालिका–१० घले चोककी १८ वर्षीया मीना गुरुङ घाइते भएकी छन् ।
उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रास्स