०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

आईतवारदेखी लागु हुने गरि देशभर यातायातको भाडादर बढायो सुचीसहित

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८


(ABC=SANCHAR)
काठमाडौं । सरकारले आईतवार देखी लागु हुने गरी दाङ सहित देशभर यातायातको भाडादर बढाएको छ ।यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशत र मालवाहक गाडीको भाडा १५ प्रतिशत सम्म भाडा बृद्धि गरेको हो ।

यस्तैगरी पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ ।

अब इन्धनको मूल्य पाँच प्रतिशत भन्दा धेरैले घटबढ भएमा त्यो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।गत असार यता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ ।विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ ।साथै भाडा समायोजन भएपनि सरकारले लक्षित समुहलाई दिदै आएको सहुलियत भने कायमै रहने व्यवस्था रहेको जानकारी दिएको छ ।

सरकारले गरेको भाडा समायोजन अनुसार दाङ तुलसीपुर देखी विरगन्ज सम्मको भाडादर प्रति व्यक्ति १०८४ , तुलसीपुर लमही हुदै सुर्खेत सम्म ७३५ ,रुकुम खलङगा देखी तुलसीपुर हुदै काठमाण्डौ सम्म १८५७, रोल्पाको लिवाङ हुदै काठमाण्डौ १४८७, सल्लीबजार देखी देवस्थल हुदै काठमाण्डौ सम्म १६८२, सल्यान काठमाण्डौ १३८६, दाङ तुलसीपुर नरायणगढ मुग्लिङ हुदै पोखरा १११०, दाङ तुलसीपुर नरायणगढ हुदै बाग्लुङ १३६५, दाङ तुलसीपुर स्याङजा बाग्लुङ १२५१, नेपालगन्ज रुकुम खलङगा ११९१, प्युठान भालुवाङ हुदै महेन्द्रनगर १०९३, तुलसीपुर हुदै पोखरा वालिङ ९९६, तुलसीपुर देखी विराटनगर १७८०, तुलसीपुर महेन्द्रनगर ९१४, नेपालगन्ज जाजरकोट ७६२, नेपालगन्ज देखी सल्लीबजार ४८० र काठमाण्डौ देखी प्युठान १२८२ रुपैया कायम गरिएको छ । सरकारले तराईको लामो दुरी ( २५०) किलोमिटर सम्म सार्वजनिक सवारी साधनको भाडादर प्रतिकिलोमिटर २ रुपैया ६७ पैसाका दरले भाडा बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!