१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

ग्यासको सिलिन्डर विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

ABC ( Sanchar )
सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । मीनबहादुर पनि घाइते भएको र उनको उपचारको लागि अस्पताल लगिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!