२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

नागरिकको सुरक्षानै प्रहरीको पहिलो प्राथमिकता हो कोहलपुर डिएसपी:मल्ल

Logo
प्रकाशित शुक्रबार, चैत्र २५, २०७८


(सागर थापा)
बाँके । शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भएको छ ।

कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताए । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा एबिसी संचार संगको कुराकानीमा बिहीबार कोहलपुर प्रहरी प्रमुख डिएसपी मल्लले प्रहरी संगठन भएको र विधिको शासनमा चल्ने भएकाले कसैको दवाव र प्रभावमा नपर्ने बताउनुभयो । नागरिकको सुरक्षा र समाजमा अमनचयन प्रहरीको पहिलो प्राथामिकता भएको उहाँले बताउनुभयो ।
अहिले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सवैको ध्यान यसबाट जोगिन र सुरक्षित रहनतर्फ रहेको भन्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रहरीहरु शान्ति सुरक्षामा तैनाथ राखेको र यस बीचमा प्रहरीबाट मानवअधिकार हनन हुने खालका घटना घट्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रहरीलाई गल्ती नगर्न निर्देशन दिइसकेको बताउनु भएका प्रहरी प्रमुख डिएसपी मल्लले गल्ती गर्ने प्रहरीलाई पनि कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । ईलाका प्रहरी कार्यालय कोहलपुरमा भर्खरै मात्रै सरुवा भएर आउनुभएका डिएसपी मल्ल सिआइबी अनुसन्धान ब्युरो र वडा प्रहरी कार्यालय नेपालगन्जमा समेत शान्ति सुरक्षामा अब्बल काम गरिसकेकाले आफ्नो ईलाका एरिया क्षेत्रको विकृति विसंगति न्युनीकरण अपराधिक क्रियाकलपाप न्युनीकरणमा जिल्लाका राजनीतिक दल, नागरिक समाज एवं सवैसंग यो मिडिया मार्फत आग्रह गर्नुभयो । नागरिकको सहयोगमा प्रहरी संगठन नै सफल हुने र प्रहरी सफल भएमा मात्र नागरिकले शान्ति सुरक्षा र अमनचयन अनुभूति गर्न पाउने भएकाले उहाँले सवैसंग सहयोग र समन्वयको अपेक्षा गर्नुभएको छ ।

अहिले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सतक भएर लागिपर्ने बताउनुभयो । विकासमा कसैले पनि अवरोध पु¥याउन नहुने र विकासका कामलाई अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही हुने डिएसपी मल्लले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!