(महेन्द्र सिंह ) २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसबाट ९जनाको नाम अध्यक्ष पदमा सिफारिस भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट प्रदिप श्रेष्ठ , जीतेन्द्र ब हमाल , हरिचन्द्र श्रेष्ठ , रमा उपाध्याय, राम कुमार वैस्य , गोपाल प्रसाद गिरि , धुव्र प्रसाद दाहाल , सुनिल सिंह हमाल , बढदुदिन अन्सारी को नाम सिफारिस भएको छ । ९ जनाको नाम सिफारिस भएर आएपनि वडा नम्बर २ मा सबैभन्दा बलियो उम्मेदवार प्रदिप श्रेष्ठ र जीतेन्द्र. ब. हमाल नै रहेको स्थानीयहरु बताउँछन् । वडा नम्बर २ बाट यसअघिको स्थानीय निर्वाचनमा अध्यक्ष पदका प्रबल दाबेदार उम्मेदवार हुँदा पनि अर्का कांग्रेस उम्मेदवारलाई स्थान दिँदै पछि हटेका थिए । तर, अहिले उनी जत्तिको बलियो उम्मेदवार अरु नभएको स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।
वडामा राम्रो छवि बनाएका प्रदिप श्रेष्ठ र जितेन्द्र ब हमाल कांग्रेस मात्रै नभई अन्य पार्टीका मतदाताहरुमा पनि राम्रो पकड भएको नेता मानिन्छन् । अप्ठ्यारो पर्दा सहयोगी हात अघि बढाउन जहाँ पनि पुगिहाल्ने नेताका रूपमा उनी चिनिन्छन् ।