२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

ज्ञानेन्द्र मल्ल प्रबल जनसेवा श्रीबाट सम्मानित

Logo
प्रकाशित बिहिबार, बैशाख ०१, २०७९

नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल सरकारले प्रबल जनसेवा श्रीबाट सम्मानित गरेको छ ।

 

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलाडीका तर्फबाट ज्ञानेन्द्रलाई सो सम्मान गरिएको हो ।

नेपालका लागि क्रिकेटमा १७ बर्ष बिताएका ज्ञानेन्द्रले पारस खड्काले कप्तानी छोडेपछि नियमित रुपमा टिमलाई सम्हालेका थिए ।

करिव तीन बर्ष कप्तानी सम्हालेका ज्ञानेन्द्रलाई केहि महिना अगाडी सो पदबाट हटाएर सन्दिपलाई नयाँ जिम्मेवारी दिएको थियो ।

 

नेपालका क्लासिक ब्याट्सम्यान भनेर परिचय बनाएका ज्ञानेन्द्रको कप्तानीमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० सिरिज जितेको थियो ।

यस्तै सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई पनि यो सम्मान दिएको छ ।

पारा खेलाडीद्धय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्री प्रदान गरेको छ । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!