१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

आइजीमा सिंह, अर्याल र जोशी अगाडि

Logo
प्रकाशित मंगलबार, बैशाख ०६, २०७९

काठमाडौं । १९ वैशाखमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी बल दुवैको नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा भावी नेतृत्वको विषय प्रष्ट भइसकेको छ भने नेपाल प्रहरीमा चार एआइजीबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ ।

सशस्त्रमा राजु अर्यालको एआइजीमा बढुवा सिफारिससँगै उनी भावी महानिरीक्षकमा पक्का भएका हुन् । सशस्त्रमा एआइजीमध्येबाट आइजिपी हुने प्रावधान छ । १९ वैशाखमा एक्लो प्रतिस्पर्धी हुने भएकाले कुनै चलखेल हुने अवस्था छैन ।नेपाल प्रहरीमा भने आइजिपी फेरिने दिन नजिकिदै गर्दा दौडधुप बढेको छ । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्रसिंह धानुकबीच तिव्र प्रतिस्पर्धा छ । उनीहरुमध्ये पोखरेल र थापा सिनियर भएपनि उनीहरुलाई तत्कालीन केपी शर्मा ओली सरकारले विशेष दरबन्दी थपेर बढुवा गरेको थियो । सिंह र धानुक गत महिना बढुवा भएका हुन् । चारै जना एउटै ब्याचका अधिकृत हुन् । तत्कालीन ओली सरकारले त्यतिबेला स्थानीय, प्रदेश र संघको निर्वाचनलाई ध्यानमा राखेर पोखरेललाई आइजी बनाउने रणनीति बनाएपनि अहिले परिस्थिति फेरिएको छ । पोखरेललाई एआइजी बनाएपछि प्रहरीमा व्यापक असन्तुष्टि छाएको थियो । ओलीको सत्ता बहिर्गमनसँगै पोखरेलको सपना पनि चकनाचुर भएको छ । आइजी नहुने भएपछि उनी नवराज सिलवालको नजिर बोकेर सर्वोच्च जाने तयारीमा छन् । बालुवाटार स्रोतका अनुसार नेपाल प्रहरीको आइजीमा सिंह र राष्ट्रिय अनुसन्धान विभागका जोशीको सम्भावना छ ।चुनावको मुखमा चारै जना काममा भन्दा शक्तिकेन्द्रमा दौडधुपमा व्यस्त छन् । सरकारले छिटो निर्णय गर्न नसक्दा निर्वाचनको मुखमा आइजी नियुक्तिमा राजनीतिकरण हुने जोखिम छ ।

उता, राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतिबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ वैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ वैशाखमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।

एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापा, सुनिल ढकाललगायत प्रतिस्पर्धामा छन् । डिआइजी जोशी आफु सुदुरपश्चिमको भएकाले आफुलाई नै बनाउनुपर्ने भन्दै दैनिक जसो सुदुरपश्चिमका नेताहरूलाई भेटेर लबिङ गर्दै आएका छन् । तर, कार्यक्षमतामा उनी कमजोर मानिन्छन् ।

हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् । त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । गुप्तचरमा एआइजीको एक दरबन्दी थप्ने चलखेल भएपनि निर्वाचन आचारसंहिता लागिसकेकाले एकजना मात्र बढुवा हुने भएका छन् ।

सशस्त्र प्रहरीमा पनि एआइजी बढुवामा प्रतिस्पर्धा हुने देखिएको छ । १९ वैशाखपछि सशस्त्रमा एआइजीका दुई दरबन्दी रिक्त हुँदैछ । जसमा तीन डिआइजीबीच प्रतिस्पर्धा छ । नारायदत्त पौडेल बढुवामा पर्ने सम्भावना धेरै छ । अर्काे एक पदमा भने चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा देखिएको छ । दाहाल डिआइजी बढुवामा पछि परेको भएपनि राजनीतिक नेतृत्वसँग उनको राम्रो सम्बन्ध छ । गौतमले आफु आइजी हुने पक्का भनेर हल्ला फैलाएपनि उनलाई एआइजी हुनै गाह्रो हुने अवस्था बनेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!