२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जिल्ला ट्राफिकले चोरीको मोटरसाइकलसहित १ जना पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९

 (महेन्द्र सिंह )
बाँके । नेपालगन्जबाट मोटरसाइकल चोरी गरेर अर्कै नम्बर प्लेट राखेर भाग्दै गरेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी बाँकेले एक जनालाई पक्राउ गरेको छ ।

बिहिवार साँझ ७ बजे नेपालगन्ज १८ कारकाँदोका विष्णु कँडेलको आफ्नै घरमा पार्किङ गरी राखेको भे १० प ८८९८ नम्बरको मोटरसाइकल चोरी भएको सूचना आए लगत्तै खोजतलासमा निगरानी बढाएको बाँके ट्राफिकको कोहलपुर चप्परगौडी अस्थायी ट्राफिक पोस्टले चेकजाँचका क्रममा गएराती पौने १० बजे नम्बर प्लेट परिवर्तन गरेर आउँदै गरेका एक जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले कोहलपुर १२ का ३२ बर्षीय कर्ण बहादुर चन्दले मोटरसाइकलमा भे ७ प ९९५९ नम्बर प्लेट राखेर भाग्दै गरेको अवस्थामा नियन्त्रण लिएको हो । चेकजाँचका क्रममा चन्दसँग उक्त नम्बर अनुसारको मोटरसाइकलको कागजात नभएको पाइएपछि उक्त मोटरसाइकल चोरी भएको खुल्न आएको ट्राफिक प्रमुख शाहले बताए ।

नियन्त्रणमा लिएको उक्त मोटरसाइकल र चन्दलाई इलाका प्रहरी कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको शाहले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]