२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

५ जना डीआईजीहरु जेठमा एआईजीमा बढुवा हुँदै पहिलो नम्बरमा उत्तम सुबेदी

Logo
प्रकाशित शनिबार, बैशाख ३१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको उच्च पदमा बढुवाको गृहकार्य थालेको छ । यहि बैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनलगत्तै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गर्ने तयारी थालिएको छ ।

नेपाल प्रहरीमा हाल चार एआईजीको दरबन्दी रिक्त छ । यसअगाडीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसंगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु हरीबहादुर पाल, निरजबहादुर शाही, प्रध्युम्नकुमार कार्की र बसन्तकुमार पन्तले बैशाख १८ गतेदेखि ३० बर्षे सेवाहदको कारण अनिवार्य अवकास पाएका थिए ।

उनिहरुमध्ये गतसाता प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसमा परेका लामाले एआईजीको ५६ बर्षे उमेरहदका कारण जेठ ७ देखि अनिवार्य अवकाश पाँउदैछन् । लामाको अवकाशपश्चात् नेपाल प्रहरीमा पाँच एआईजीको दरबन्दी रिक्त हुनेछ ।

गृहमन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार स्थानिय निकायको निर्वाचनलगत्तै जेठ पहिलो साता नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी गरिएको छ ।

रिक्त पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी छ । डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा अनि डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।

हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरुमध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!