०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

रुपैडिया प्रहरीको अमानवीय व्यबहार २ नेपाली महिलामाथि हातपात जुत्ता प्रहार

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपालगन्जसँग सीमा जोडिएको भारतीय बजार रुपैडियामा नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् ।
टंडन राईस मील स्थित यादव वस्त्रालयमा बसिरहेका दुई नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीले हातपात गरेका हुन् । ती महिलाहरूबाट केहि संदिग्ध सामान नभेटे पनि भारतीय प्रहरीले दुबै नेपाली महिलाहरुलाई हातपात एवं जुत्ता समेत प्रहार गरेका थिए ।

पिटिएको दुबै नेपाली महिलाहरु सेन्ट्रल बैंक चौराहमा पुगेर जोर जोरले रुँदै सहयोगको याचना मागेका थिए । कुटिने महिलाहरु नेपालगन्जका भएको खुलेको छ। नेपालगन्ज उपमहानगरपािलका २ का अर्चना केसी र बीना डांगी रहेको बताइएको छ ।

उनीहरु घरासयसी सामान किनमेलका लागि रुपैडिया गएका थिए । भारतीय सुरक्षाकर्मीको कुटाइपछि ति महिलाहरु रुदै घर फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]