२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

विवाह गरेका ३ दिदी बहिनीले बच्चासहित किन गरे सामूहिक आत्महत्या ??

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

(ABC=SANCHAR)
काठमाडौं । भारतको राजस्थानको जयपुर अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो ।

ती शव शनिबार फेला परेका हुन् । यी शव फेला परेपछि क्षेत्रमा तनावको अवस्था छ । यो दाइजो दुर्व्यवहारको मामला हो भन्ने विश्वास गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार मृत फेला परेका तीन महिलामध्ये दुई ममता मीना ९२३० र कमलेश मीना ९२०० गर्भवती पनि थिए । यसबाहेक शव फेला परेका दुई बालबालिकामध्ये एक नवजात र एक चार वर्षका मात्र थिए । उनीहरू तीन दिदीबहिनीमध्ये जेठी कालु मीना ९२७० का सन्तान थिए।

अखबारका अनुसार मृत फेला परेका पाँचैजना मे २५ देखि बेपत्ता थिए र सोही दिन यस सम्बन्धमा उजुरी पनि परेको थियो ।

शनिबार बिहान करिब १०.३० बजे इनार नजिकै यी शव भेटिएका हुन् । त्यसपछि दिउँसो २ बजे राज्य विपद् व्यवस्थापन बलको टोलीले शव आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा यी महिलाहरु दैनिक कुटपिटबाट दिक्क भएर यस्तो निर्णय गरेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा यी महिलाका श्रीमान् र ससुराले पटक–पटक कुटपिट गर्ने गरेकाले निराश भएर यी दिदीबहिनीले यस्तो ठूलो कदम चालेको बताइएको छ ।

यस विषयमा कारबाही गर्दै लिसले यसलाई ‘मास सुसाइड’ भएको भन्दै ती महिलाका पति अर्थात् तीन दाजुभाइलाई पक्राउ गरिएको छ । यस बाहेक, केटाकी आमा र बहिनी विरुद्ध दाइजो उत्पीडन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । यसबाहेक दाइजोका कारण मृत्युको मुद्दा पनि दर्ता भएको छ । यी तीन दिदीबहिनीको बाल्यकालमा नै यी तीन दाजुभाइसँग विवाह भएको तर विवाहको उमेर पुगेपछि उनीहरु श्रीमानसँग बस्न थालेको प्रहरीले जनाएको छ ।यस विषयमा अनुसन्धान गरिरहेका डुडुका सर्कल अफिसर अशोक चौहानले पनि तीन दिदीबहिनीको सन् २००५ मा एकै दिन विवाह भएको बताए । तर जेठी दिदी पाँच वर्षपछि मात्रै श्रीमानको घर गइन् । अरु दुई दिदीबहिनी डेढ वर्षपछि गए ।

जयपुर ९ग्रामीण० एसपी मनीष अग्रवालले टाइम्स अफ इन्डियासँगको कुराकानीमा पुलिसलाई मे २५ मा उजुरी प्राप्त भएको थियो जसमा हराएको रिपोर्ट लेखिएको बताए । त्यसपछि प्रहरी टोलीले यी दिदीबहिनीलाई खोजिरहेको थियो । यसपछि एउटा सीसीटीभी फुटेज फेला पर्यो जसबाट यी दिदीबहिनीको दिशाको बारेमा जानकारी प्राप्त भयो । त्यसपछि शनिबार कसैले शव फेला परेको प्रहरीलाई खबर गरे ।

एसपी अग्रवालले भने, ‘शव देख्दा प्रारम्भिक हेर्दा यो सामूहिक आत्महत्या हो र बालबालिकासहित यी महिलाले मे २५ गते नै इनारमा हाम फालेर आत्महत्या गरेको हुनुपर्छ ।’

प्रहरीले आत्महत्याको कुरालाई समर्थन गर्ने कारण पनि भएको बताएको छ । यी तीन दिदीबहिनीमध्ये एकले मे २५ मा आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफू संसार छोड्न लागेको र बाँच्ने कुनै इच्छा नभएको भन्दै लेखेकी थिइन् ।

पाँचै जनाको शवमा चोटपटकको निशान नभेटिएको प्रहरीले जनाएको छ ।
अतिरिक्त एसपी (जयपुर ग्रामीण) दिनेश शर्मा भन्छन्, ‘यो दाइजोको दुर्व्यहारका कारण आत्महत्यामा रोकिएको दाइजोको घटना हो भन्ने स्पष्ट छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!