१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सुन खानीमा झडप हुँदा १०० जनाको मृत्यु, अन्य ४० जना बढी घाइते

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९


(ABC=SANCHAR)
काठमाडैँ । अफ्रिकी मुलुक चडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबिच भिडन्त हुँदा करिब एक सयजनाको ज्यान गएको र अन्य चालिस जना घाइते भएका छन्।

रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट त्यत्रो काण्ड मच्चिएको बताएका छन् ।

लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन् ।

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो ।

केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन् ।

राजधानी जामेनादेखि करिव १ हजार किलोमिटर टाढाको घटनास्थलमा शान्ति सुरक्षा पुनर्स्थापनाका लागि अहिले सरकारले सेना परिचालन गरेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!