२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

पक्राउ पूर्जीको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी घुमुवाहरुको टक्कर

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । पक्राउ पूर्जीको विषयलाई लिएर ६ वर्षअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संस्थागत विवाद चर्किएको थियो । सरकारले सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जीको अधिकार दिएपछि नेपाल प्रहरीले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगायो । यो प्रकरण यति ठूलो बन्यो कि त्यतिबेला तत्कालिन महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र कोषराज वन्तबीच बोलचाल नै बन्द भएको थियो ।

अहिले पनि दुई सुरक्षा निकायबीच अधिकारक्षेत्रकै विषयमा सामान्य विवाद देखिएको छ । तर, नेतृत्व तहमा नभई तल्लो तहमा । मधेस प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका घुमुवाबीचको टक्करमा सशस्त्र प्रहरीका चार कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि समस्या देखिएको हो ।

गत वैशाख २४ गते नेपाल प्रहरीले बारामा दुई भारतीयलाई दुई वटा पेस्तोलसहित पक्राउ गरेको घटनामा सशस्त्र प्रहरीका चार कर्मचारीलाई समेत प्रतिवादी बनाएपछि विवाद भएको हो । प्रहरीले भारतीय नागरिकहरु अखिलेशकुमार सिंह र पप्पु यादवलाई सीमावर्ती सिम्रौनगढमा पक्राउ गरेको थियो । खासमा सशस्त्र प्रहरीका घुुमवाले आफुहरु खरिदकर्ता बनेर उनीहरुलाई पक्राउ गर्न खोजेका थिए । तर, सशस्त्रसम्म नपुग्दै नेपाल प्रहरीले नै बीचमा पक्राउ ग¥यो ।

सोधपुछ गर्ने क्रममा उनीहरुले आफुहरुले सो पेस्तोल दिन लागेका व्यक्तिहरुको नाम र नम्बर बताए । त्यसरी नाम बताइएका व्यक्ति कारोबारी नभई सशस्त्र प्रहरीका चार कर्मचारी दिए । छिन्नमस्ता बाहिनीबाट खटिएका बरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्न सागर झा र जवान सुनिलकुमार यादवविरुद्ध समेत पक्राउ पूर्जी जारी गरेपछि समस्या आएको हो ।सुरुमा यो विषयले दुई निकायबीच विवाद देखिएपनि दुई निकायका नेतृत्व र गृह मन्त्रालय मिलेर यो विषयलाई सुल्झाएका छन् । पक्राउ पूर्जी जारी गरिएका चार कर्मचारीको हकमा सरकारी वकिल कार्यालयले उपस्थिति गराई बयान गराएर हाजिरी जमानीमा छाडेको छ । उनीहरुको हकमा मुद्दा दायर नहुने सम्भावना छ ।

यो घटनामा मधेस प्रदेशका सशस्त्र प्रहरीका प्रमुख डिआइजी गणेश ठाडा मगर र बाराका एसपी दिलिपसिंह देउजाको प्रमुख कमजोरी देखिएको छ । डिआइजी मगरले काम देखाउनका लागि आफ्नो घुमुवालाई पेस्तोल समाउन दबाब दिएका थिए ।

सोही आधारमा भारतमा हतियार कारोबार गर्ने समूहलाई सम्पर्क गरी घुमुवाले आफैं कारोबारी बनेर हतियार मगाएका थिए । तर, पक्राउ परेका कारोबारीले घुमुवाको नाम पोलिदिए । यसमा प्रहरीसँग सहकार्य गरी वास्तविकता बुझाउन नसक्दा पक्राउ पूर्जी जारी भएको थियो । बाराका एसपी देउजा कार्यक्षमतामा निकै कमजोर मानिन्छन् । यती संवेदनशील विषयलाई उनले हलुका रुपमा विश्लेषण गर्दा पनि समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त प्रहरीका कोभर्ट अप्रेसनको विषयमा पटक पटक समस्या देखिदै आएको छ । ३८ सय केजी सुन तस्करी प्रकरणमा कोभर्ट अप्रेसनमा संलग्न प्रहरीलाई मुद्दा चलाएपछि यसको विवाद आएको थियो । अपराधीको सूचना पाउन उनीहरुसँगै संगत गर्नुपर्ने हुन्छ ।

तर, यसरी घुमुवाका रुपमा काम गर्ने प्रहरीलाई नियमन गर्ने बलियो प्रणाली नहुँदा विवाद पनि आउने गरेको छ । अझ दुई सुरक्षा निकायका जिम्मेवारीलाई प्रष्ट नबनाउँदा पनि बेला–बेला समस्या आउने गरेको छ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]