२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

बाँकेको धनौली प्रहरीले २ सय ५० किलो गाईको मासु सहित ५ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

ABC (काईमबिट)
बाँके । प्रहरीले खजुरा क्षेत्रबाट ठूलो परिणाममा गाईको मासुसहित कारोबारीसमेत गरी पाँच जनालाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरी अनुसंन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउपालिका–६ बाट ५ वटा बोरामा राखेको अवस्थामा २ सय ५० किलो मासु र ३ जनालाई लियन्त्रणमा लिएको छ । भने अन्यदुई जनालाई खजुरा–८ बाट नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले खजुरा– ६ सिमलघारीमा ३ बजे बिहान भे १ ह ४८९३ अटोमा लेड गरेर ल्याउदै गरेको ५ बोरामा पचास–पचास किलोको २ सय ५० किलो मासु, सोही ठाउका ५५ वर्षिय मुक्ति कसाई, कैलाली टिकापुरका ५३ वर्षिय भिमराज चौधरी र पुरन सुनालाई नियन्त्रणमा लिएको बताए ।

कैलालीबाट चौधरी र सुनारले सो मासु लोड गरेर लैजाने उद्देश्यले सुदूरपश्चिम प्रदेश–०१–००१ च–२९५४ नंम्बरको डिफ्रिज जडित भ्यान लिएर आएको अवस्थामा प्रहरीेले नियन्त्रणमा लिएरको हो । प्रहरी निरिक्षक रेग्मीले गौबध गरी मासुको कारोबार हुने गरेको जानकारी आफुलाई आएपछि तीनवटा स्थानबाट निगरानी गर्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बताए । उनले भने–‘ चौधरी र सुनारले मासु लोड गरेर लैजाने उद्देश्यले डिफ्रिज जडित भ्यान लिएर आएको भएपनि भ्यानमा मासु लोड नभएको अवस्थामा अटो मै नियन्त्रणमा लिन सफल भएका हौ । तर, अटो चालक भने फरार भयो, खोजीकार्य जारी छ ।’

प्रहरी निरिक्षक रेग्मीले खजुरा–८ रनियापुरबाट काटेको अवस्थामा र काट्नको लागि राखिएका गोरुसहित दुई जनालाई नियन्त्रणमा लिएको बताए । उनले भने–‘ रनियापुरमा केही काटिएको अवस्थामा केही काट्नको लागि तयारी गरेको अवस्थामा गोरुसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।’

उनले बरामद मासु रनियापुरमा काटेको हुनसक्ने आशंका व्यक्त गरे । प्रहरीले बरामद गरेको मासु १२ वटा गाई गोरु काटेर जम्मा गरिएको प्रारम्भिक अनुसंन्धानले जनाएको बताएको छ । काटेको स्थानमा केही गोरुको प्रजनन अंगहरु समेत भेटिएकोले गाई र गोरु दुबै काटिएको हुनसक्ने उनको दाबी छ ।

प्रहरीले रनियापुरबाट २ बजे बिहान ४० वर्षिय अकबल खाँ र ३५ वर्षिय सिराजुद्दिन खाँलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको स्थान वरिपरी काटिएका गोरुको अवशेषहरु फेलापारीएको प्रहरीको दाबी छ ।

यसैबीच गाईको मासु लोड गरी लैजान ल्याईएको भ्यानलाई सो घटनामा नजोडि जोगाउनको लागि प्रहरीलाई निक्कै दबावसंगै प्रलोभनमा पारिएको स्रोतले जनाएको छ । प्रहरीेले पनि मासु लोड नगरिएको भन्दै सुरुवाती चरण मै भ्यान छाड्न सक्ने संकेत दिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसूदन न्यौपानेले प्रहरीे सो घटनाको अत्यन्तै निकटबाट अनुसंन्धान सुरु गरेको दाबी गदै आफुहरुलाई कुनै पनि दबाब नभएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!