२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

आफ्नो प्रेमिकालाई बर्थडेमा बोलाएर सामुहिक बलात्कार गर्ने ७ जना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ २३, २०७९

ABC (क्राईमबिट)
बाँके । बर्दियाको सीमामा पर्ने मानखोलाको जङ्लमा एक जना १६ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । फेसबुकबाट माया बसेका प्रेमीले जन्म दिन मनाउन बोलाएर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई १६ वर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार राप्ती सोनारीकी १६ वर्षिया किशोरीलाई फेसबुकबाट माया गरेका बाँके बैजनाथ ८ का हेमराज थारुले शनिबार साँझ जन्म दिन मनाउन बाँके बर्दिया सीमानको मानखोलामा बोलाएका थिए । प्रेमी भेट्न पुगेकी ती किशोरीलाई मानखोलाकै जङ्लमा मदिरा खुवाई ५ जनाले पालै पालो बलात्कार गरेका थिए ।

घटनाको विवरण अनुसार प्रेमी भेट्न बस चढेर मानखोला पुगेकी किशोरीलाई शनिबार साँझ प्रेमी हेमराज र उनका साथी बिक्रान्तले बर्दियाको बढैयाताल घुमाएका थिए । बढैयाताल घुमाएर मानखोलाको फुलवारीमा ल्याएर उनीहरुले शनिबार रातीबाट मदिरा सहितको बर्थडे पार्टी गरे । किशोरी मदिराबाट लत्ठ पर्दै गएपछि ५ जनाले किशोरीलाई पालै पालो बलात्कार गरे ।

५ जनाले बलात्कार गर्दा किशोरी बेहोस भईन् । किशोरी बेहोस भएपछि शनिबार नै किशोरीलाई मोटर साईकलमा राखेर बाँके बैजनाथ ८ स्थित पिपरीमा रहेको बिक्रान्त थारुको घरमा पु¥याए ।

बिक्रान्तको गोठमा सुताइएकी किशोरीको जव होस् खुल्दै थियो त्यहाँ पुनः २ जनाले बलात्कार गरे । किशोरी फेरि बेहोस् भईन् । मानखोलाको जङ्गलमा प्रेमी भनिएका हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले बलात्कार गरेका थिए भने बिक्रान्तको गोठमा निराजन र विक्रान्तले पुनः बलात्कार गरेका थिए ।

अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पु¥याईदिने भन्दै बिक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाईकलमा नेपालगन्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङमा परेपछि किशोरी माथिको बलात्कारको पर्दाफास भएको थियो ।

आईतबार बिहान प्रहरी चेकिङमा अर्धचेतको किशोरीलाई मोटरसाईकलको बिचमा राखेर नेपालगन्ज तर्फ लैजाँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । होसमा आएपछि प्रहरीको सोधपुछमा किशोरीले बलात्कार गरेको बयान दिएपछि प्रहरीले थप ५ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको टोलिले बलात्कारमा संलग्न बैजनाथ ८ का हेमराज थारु, बिक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारुलाई पक्राउ गरेको छ भने बलात्कारको मतियारकारुपमा सहयोगी भुमिका खेलेका विश्वनाथ थारु र निर्देश थारुलाई पनि पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

बलात्कारमा संलग्न बिक्रान्तले गोठमा बलात्कार गर्दा कण्डम प्रयोग गरेको साबिती बयान दिएको भन्दै प्रहरीले प्रमाणकारुपमा प्रयोग गरेको कण्डम समेत बरामद गरेको इलाका प्रहरी धनौलीका प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।
किशोरीको स्वास्थ्य परिक्षण गरि पक्राउ परेकाहरुलाई जबर्जजस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]