२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

इन्धनको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढेयो

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९


(ABC=SANCHAR)
काठमाडौं । इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो ।

इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ ।

बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो ।

इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने मालवाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]