२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

प्रहरीको नाम बेचेर ३५ लाख लुटपाट गर्ने काठमाडौंबाट फरार दाङको भालुवाङबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

(सागर थापा)
दाङ । केही दिन अगाडि सस्तोमा सुन बेच्ने बहानामा काठमाडौंमा नक्कली प्रहरीले ३५ लाख रुपैयाँ लुटेको खुलेको छ । लुटपाटमा संलग्न एक जना काठमाडौंबाट पक्राउ परेका थिए । भने अर्का एक जना फरार रहेका थिए ।

गत ८ जेठमा काठमाडौंको लैनचौरमा एक व्यापारीको ३५ लाख लुटपाट भएको थियो । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए । एक किलो सुनको करिब ८० लाख पर्नेमा ३५ लाखमै पाइने भनेर ती व्यापारी प्रलोभनमा परी सस्तो सुन किन्न खोज्दा लुटिएका थिए । यता जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी टोलिले गोप्य सूचना पाए पछी लुटपाटमा संलग्न १ जना फरार दाङ नारायणपुर निवासी बर्ष २५ को सुदन परियारलाई दाङको भालुवाङबाट पक्राउ गरेको छ । दाङमा एसपी सुरेश काफ्लेले प्रहरी प्रमुख भएर आए देखि जिल्लामा अपराधीक घटनाहरु धमाधम नियन्त्रणमा आएको पनि छ एसपी काफ्लेले कानुन बिपरित काम गर्ने जो कोहीलाई पनि कानुन अनुसार र गल्ती गर्ने आफ्नो प्रहरीलाई समेत कार्वाही गरेर मुद्दा समेत चलाएको छ्न । एसपी काफ्ले अनुसन्धानमा एक अब्बल प्रहरी अधिकृत हुन गल्ती गर्ने प्रहरीलाई समेत मुद्दा चलाएर कारागार समेत पठाएको प्रहरी स्रोतले बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!