२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

बारामा १ किशोरीसंग सामुहिक बलात्कार घटना लुकाउन जबरजस्ती गर्भपतन ?

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

ABC (क्राईमबिट)
बारामा एक किशोरीलाई सामुहिक बाल्त्कार गरेर जबरजस्ती गर्भ तुहाउन लगाएको घटना प्रकाशनमा आएको छ।

प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीय किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर का आन्जदी २५/२६ वर्षका भोला भन्ने दिपक साह र श्यामसन्दर साहले तिन महिना पहिले सामुदाहिक बालात्कार गरेका थिए। बाल्त्कार पछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुबै युवकले शनिबार राति घरबाट जबरजस्ती लगेर डाक्टर ओमप्रकाश महक्तोकोमा लगेर गर्भपर्तन पनि गराएका छन्।

राती अचेत बनाएर गर्भपतन गराएपछि होशमा आएर घर फर्किएका ती किशोरीले आफुसंग भएको ज्यादती बारे अभिभावकलाई जानकारी गराएपछि घटना प्रकाशनमा आएको हो।

आइतबार पिडित किशोरीका अभिभावकले आरोपित दुबै युवक र गर्भपतन गराउने डाक्टर महक्तो विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन्। किटानी जाहिर परेका आरोपित दुवै युवक र डाक्टर महक्तो फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए।

पिडित किशोरीले आईतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर उनलाई प्रहरीकै संरक्षणमा
राखिएको पनि थापाले बताए।

पिडित किशोरीकी आमाका अनुसार, बलात्कार तीन महिना पहिले भएको भएपनि आरोपित युवकहरुले ज्यान मार्ने धाकधम्कि दिएर तर्साएका कारण पिडित किशोरीले आफुसंग गरिएको कुकर्म बारे कसैलाई पनि जानकारी गराएकी थिइनन्।
तर दुई दिन पहिले अचानक महिनावारी
(रजश्वला) रोकिए पछि किशोरीले यस बारे आरोपित युवकहरुलाई भेटेर गर्भभवती
भएको बताएकी थिइन्। त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबर्जस्ती डाक्टर महक्तोकोमा लगेर गर्भपतन गराएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!