२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

लक्ष्मण राईको मीठो वैंशालुको वैंश मलाई औधि माया गर्ने माया कहाँ गईछ र ?

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९


(तुफान बाबू श्रेष्ठ)
दाङ । जीवनको हरेक पलमा साथ दिने मायालुको खोजी गरिएका सुन्दर गीतका शब्दहरुमा गायक लक्ष्मण राईले स्वर भरेका छन्। “पिरतीको भाका” बोलको गीतमा प्रेमको मिठासपूर्ण भावना सञ्चार गरिएको छ । गायक राईकै शब्द रहेको गीतमा संगीत युवा पुस्ताका गायक तथा संगीतकार चेतन राईको हो।
३५ वर्ष शिक्षण पेशाका सेवाधर्मि भई हाल रिटायर्ड जीवनलाई सिर्जनाको लयमा लहराइ रहेका सक्रिय लक्ष्मण कुशल वाद्यवादक पनि हुन्। उनले हार्मोनियम, वासुरी, मादल, तबला र गितार बजाउँने गरेका छन्।
सल्यानी माटोमा हुर्किएका राईले प्रेमका सुन्दर भावनाहरुलाई कुशल शब्द र स्वरमा व्यक्त गरेका छन्। प्रेमको आभाष गराएर छोडी जाने मायालुसँग उनले गीतमा गुनासो गरेका छन्। सानै उमेरदेखि गीत, संगीत, गायन र नाट्य कलामा योगदान दिदैं आएका राई फाईन आर्टमा पनि निपुण छन्। उनले आफ्नो जीवनकालमा पहिचान शिक्षण पेशा, कला, संगीत र गायन अनि साईन बोर्ड लेखनबाटै बनाए। यो क्रममा उनले धेरै कलाकारलाई सिप पनि सिकाए।
सेकाइ ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको गीतमा एरेन्जर सूर्य रुम्बा रहेका छन्। मिक्स/मास्टर आरबि लामा सिंगदान, काष्टमा संयम सिंह र सेलिना प्रधान रहेका छन्। एमयूए दीया रिजाल, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन्। क्यामरा असिस्ट विशाल थापाको, पोशाक नेम ईट, ड्रोन अनिल कटवालले चलाएका हुन् भने संपादन फराज अर्पणको रहेको छ। गीतको भिडियो उत्पादनमा कल्पना श्रेष्ठ राई रहेकी छन्। निर्देशन युवा संगीतकार चेतन राईले नै गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!