२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

सशस्त्र प्रहरी सप्तरीले ५५ लाख बराबरको तेलसहित भारतीय १ ट्रक पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

ABC (क्राईमबिट)
सप्तरी । सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको सप्रनि तामाङले बताए । तेलको बजारको मूल्य ५४ लाख ९६ हजार रहेको छ ।

नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार राखेर तेलसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

गस्ती टोलीको नेतृत्व गर्दै सप्रनि तामाङले ट्रक चालकलाई सोधपुछ तथा चेकजाँच गर्दा उक्त तेल र ट्रकको नेपाली कागजपत्र र विजक नपाएपछि नियन्त्रणमा लिएको बताइएको छ । ट्रक चालकले कुनै बेला भारत हिँडेको त कुनैबेला बाटो बिर्सिएर नेपाल प्रवेश गरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ । निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो । सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई […]

error: Content is protected !!